नथिया : एक चोटी पढ्नै पर्ने उपन्यास
नथिया : एक चोटी पढ्नै पर्ने उपन्यास
रचना देवकोटा
मैले साच्चै भन्नुपर्दा मेरो साहित्यसंग दुरदुरको रिस्ता छैन, थर मात्र लक्ष्मी प्रसाद देवकोटा संग मिल्ने हो│त्यो बाहेक मैले आजका दिनसम्म समिक्षा त के एउटा कविता सम्म पनि लेखेको छैन │
नथिया मा हरेक शब्दहरु यति बलियो रुपमा प्रस्तुत भएका छन् कि एउटा वाक्यपनि दोहरयै तेहराई पद्नु पर्ने,एकचोटि पढेर धितै नमर्ने│तपाइको सृजनशिल दिमाग र हातहरु लाई नमन नगरी बस्नै सकिन म सरु दि│यसमा बादी को जिबनी मात्रै नभएर इतिहास नै छ, हृदय देखि नमन तपाइको यो ओजिलो कामलाई│
नथिया पढ्दै गर्दा मन सारै निचारियो│किन हामी महिला, पुरुष को सोच अनुसार जिन्दगि बाच्न बाध्य छौ? सामली बादी मात्र हैन कि हाम्रो समाजको धेरै चेली को यथार्थ यहि नै हो│कुरा यति फरक हो सामली नथिया नफुकाल्नको लागि संगर्ष गर्दै छे, अरु चेली आफ्नो चुलो चौको छोडेर समाजमा एउटा बेग्लै पहिचानको खोजीमा लड्दैछन् │मेरो मनमा नथियाले अझै गहिरो गरेर सोच्न बाध्य गरिदियो- कहिले सम्म हामी यसरि लडिरहने? सायद एउटा उत्कृष्ठ लेखक को लेखन बिशेसता पनि यहि होला│
नथियामा भएका पुरुष पात्रहरुको कथामा अगाडी बढ्दै गर्दा मन मा एउटा प्रश्न झन् जटिल बनेर आइरहयो? साच्चै हाम्रा समाजका सबै पुरूष रेन्जर वा बेखामान जस्ता हुन्छन त? कि म नै भ्रम मा बाचिरहेको छु ? के मेरो छोरा, भान्जा, भाईहरु पनि भोलि गएर रेन्जर र बेखामान जस्तै हुन्छन् त -महिलालाई आफ्नो इछ्छा प्राप्तिको लागि र आफ्नो अनुकुल अनुसार मात्र प्रयोग गरिरहने? मन अलि मानेन│ कता नथियाले पनि कट्टर महिलावादी धार समाएछ कि? तर सरस्वति प्रतिक्षा को लेखनधार कट्टर महिलावादी भन्दा पनि अलि माथि भएको पाएको थिय मैले अरु लेखहरुमा│मनमा आन्तरिक द्वन्द चल्दै गर्दा मोहमद र दिवाकर ले सामली लाइ न्याय
गरेको पाय, अनि अलि कति मन मा खुसि छायो│
नथिया २ रात मा पढेर सक्दा मन पहिला भन्दा झन् भारि भयको महसुस गरे मैले│पुरै पढेर सक्दा बिहानको २ बजेको रहेछ, सुत्न जति कोसिश गरे पनि सकिन │भित्रभित्रै उकुश मुकुश भएर आयो │सामलीले जस्तो नथियाको लागि नभए पनि आफुले आफ्नो जिबनमा गरेका मिल्दो जुल्दो संगर्षहरु आखाअगाडी नाच्न थाले│मनभित्र को आधि बेहरी ले आखा मात्र नभई पुरा छाती सारो अनि घाटि भरि भएर आयो│नरोई सुखै पाइन, अनि एकचोटी पुरै दिल खोलेर रोए/ मलाई अरुको अगाडी रुन एकदमै लाज लाग्छ, त्यसैले बुढाले सुन्छन कि कतै भन्ने डरले सिरकले मुख छोपेर रोय│ छेउमै सुतेका बुडाले थाहा पाईहालेछन, के भो नथिनी बुढी, किन रुदैछौ ? मध्य रात मा के भयो-केरकार गर्न थाले बुढा│ म बोल्न सक्ने स्थीती मा थिइन │हात मा नथिया देखेपछि उनलाई कारण थाहा पाउन बेर लागेन │बादी को कथा झन् रोमान्चक पो हुनु पर्ने, तिमि
त पुरा सिरियस मुडमा छौ, हैन के छ तेस्तो- बुढाले फेरी सोधे│मैले नथिया पढ्न लिएर बसे देखि छोरालाई
खुवाउने,खेलाउने, सुताउने सबै बुढालाई जिम्मा लगाएको थिय│ त्यहीभएर हिजो देखि उनले मेरो
नामनै नथिया बुडी राखिदिएका थिय उनले │ के थाहा मेरो बुढालाई नथियाको अर्थ कति गहिरो छ भनेर......

Comments
Post a Comment