नथिया : एक चोटी पढ्नै पर्ने उपन्यास
नथिया : एक चोटी पढ्नै पर्ने उपन्यास रचना देवकोटा मैले साच्चै भन्नुपर्दा मेरो साहित्यसंग दुरदुरको रिस्ता छैन, थर मात्र लक्ष्मी प्रसाद देवकोटा संग मिल्ने हो │ त्यो बाहेक मैले आजका दिनसम्म समिक्षा त के एउटा कविता सम्म पनि लेखेको छैन │ म सरु प्रतिक्षा दिदीको पहिला देखि नै फ्यान हो, अझ झन् यो नथिया को प्रोमो भिडियो र आवरण देखेपछि कहिले किताब बजारमा निस्केला भन्ने भैराखेको थियो │जब मिरा बैनी ले काठमाडौँ बाट सरु दि को हस्ताक्षर सहित को बुक ल्याइदीन, खुसि को सिमा नै रहेन │ मेरो सबै काम थाती राखेर नथिया तिर लागे गएका २ दिन │ नथिया पढेर सकेपछि मन एकदमै एकोहोरो भयो │ सोचे म पढ् ने मान्छेलाई यस्तो ह्याँग भैराकोछ, यो उपन्यासनै लेख्ने सरु दि लाई कति लामो समय सम्म ह्याँग गरायो होला यो बिषयबस्तु ले │ मनको बोझ हल्का गर्न को लागि मैलेपनि २-४ लाईन नलेखी बस्नै सकिन │धन्य सरु दि तपाई र तपाइको लेखाइलाइ, म जस्तो कहिले साहित्य नलेखेको मान्छे आज लेख्ने आट गर्दैछु │ त्यो पनि ए क नाम चलेकी सरु प्रतिक्षा जस्ती हस्ती को पहिलो उपन्यास नथिया को बारेम...